२०८१ असार ७ गते बिहिवार

भाइरल बन्यो जिसस रोडको ‘गुलमोहर टुरीजम’

दाङ,जेठ ६ । एका विहानै करीव डेढ दर्जन जति क्यामेरामेनहरु आइपुग्छन् । उनीहरु आइनपुग्दै फोटो सुट लिने क्लाइन्टहरु भेला भैसकेका हुन्छन् । युवाहरु पे्रमे जोडिका साथ, आमाहरु नानी वोकेर, अनि अधवैसेहरु मेकप गरेर अनि बृद्धबृद्धाहरु समेत अचेल यहि क्षेत्रमा दिनमा केहि समय यहि कटाउछन् ।

यो क्षेत्र हो, घोराहीको मुख्य बजार सहिदगेट देखि दक्षिण विसस रोडको हो । फुलै फुल दिन्छौं कि, काडै काडा दिन्छौकि मत फुलै रोज्ने हो…। यस्तै गितमा भिडिओ सुटिङ भैरहेको छ । यदि केहि आनन्द, केहि खुसी, केहि उत्साह र केहि जागरको अनुभुति गर्न छ भने पहिलो गन्तव्य यहि बनेको छ ।

जहां भुइभरी राताम्मे गुलमोहरका फुलका पत्रहरु छरीएका छन् । रुखहरु राताम्मे छन् । राताम्मे लालमोहरमा तस्वीर कैदगर्नेहरु पनि उत्तिकै उत्साहित देखिन्छन् ।

करीव एक महिना पुग्नै थालेको छ, गुलमोहर फुलेको । अर्थात बैसाख पहिलो सातादेखि घोराही उपमहानगरपालिका—१५ स्थीत जिसस रोड त्यहि राताम्मे फुलेको गुलमोहरका कारण भाइरल मात्र बनेन ।

नागरीकका बुझाइमा यो एउटा फुल पर्यटन पनि हो । गुलमोहरको मनमोहक दृश्यमा आफुहरु जोडिन चाहन्छन् उनीहरु । शुक्रवार विहान पौन दशबजेनै एउटा युवा जोडि भेटियो । सोधें, कहाबाट आएको? उनीहरुको जवाफ थियो सल्यानबाट । केका लागी आउनुभो? फुलसंग तस्वीर खिचाउन ।

तपाइहरुको नाम ठेगाना नी? ‘त्यो त नभनौं, कपुरकोटबाट तुलसीपुर सम्मकालागी मात्र झरेका थियौं, पछि सम्भ्यौ, जिसस रोडको गुलमोहरको फुल । किनकि हामीले पोहोरशाल पनि यी गुलमोहरका बुटामुनी पुरै एक दिन टिकटक बनाएर विताएका थियौं ।’ नाम चाहि भनेनन् उनीहरुले ।

उनीहरु जस्तै एक जोडि प्युठान नौवहिनि गाउपालिकाबाट पनि फोटो सेसन गर्न शुक्रवारै यहां आइपुगेका थिए । सपना र विमल । उनीहरुले राम्रो क्यामेरामेन खोजिरहेका थिए । सायद उनले बोकेको मोवाइलमा भन्दा प्रोफेश्नल क्यामेरामेनले खिचेको तस्वीर स्मार्ट पोजको हुन सक्ला । त्यसैले एक स्न्यापको २० रुपैयाका दरले उनीहरुले पांच÷पांच स्न्याप फोटो र प्रति भिडियो एक सय रुपैया तिरेर पाचवटा भिडियो समेत बनाएको बताए ।

यी तस्वीर र भिडिओलाइ उनीहरुले सामाजिक सन्जालमा हाल्ने बताए । उनीहरुले सोधिरहेका थिए, अन्त कतै पनि छ, यस्तो गुलमोहर गार्डेन, नजिकैका राम्जाली चियापशलकि साहुनिले भनिन्, यहि मात्रै हो । अव यो धेरै दिन रहने पनि छैन । बर्षमा एक महिना मात्रै यहि सिजनमा फुल्छ, गुलमोहर ।’

ढकमक्क फुलेका एक दर्जन जति गुलमोहरका बोटमुनी तस्वीर खिचाउनकालागी करीव एक महिनादेखि त्यत्तिकै संख्यामा क्यामेराम्यानहरु आइरहेका छन् । क्यामेरा म्यानको विहानको खाजा खाना पनि यहि क्षेत्रमा हुने गरेको छ ।

कहिलेकाहिं त दिनमै १२ हजार रुपैया सम्म कमाइ हुन्थ्यो, तर यसपाली भने त्यतिधेरै आगन्तुक नआएजस्तो लाग्छ,, एक जना क्यामेरामेन तुलसीपुर उपमहानगरपालिका—७ गणेशपुरका कर्या परीयारले भने । तैपनि कुनै दिन खालिहात फर्कनु परेको छैन ।

ती क्यामेरामेनले खिचाएका फोटो र भिडिओ संबन्धित व्यक्तिकै मोवाइलमा राखिदिने रहेछन् तत्कालै ।

त्यसो त सरकारले टिकटक बन्द गरेपछि यो क्षेत्रको गुलमोहर पर्यटनमा पनि धक्का लाग्यो । जिसस रोडमै होडल व्यवसाय गरेर बसेका एक जना साहुजि भन्छन्, टिकटक व्यान्ड नगर्दा सम्म त कति भिड हुन्थ्यो कति भिड, यो सडकमा सवारी साधनमा वाटो छिचोल्नै मस्कील हुन्थ्यो । कास्की देखि चितवन सम्मका मान्छे आउथे, यहां यो फुलैफुलको सुन्दरता हेर्न ।

पछिल्लो समयमा जिसस रोड गुलमोहर टुरीजम क्षेत्रका रुपमा प्रख्यात हुन थालेको छ । स्थानियको प्रचारप्रसार भन्दा पनि सुचना प्रविधिको सहज पहुचका कारण जिल्लाबाहिरका व्यक्तिहरुले पनि आफ्ना सामाजिक सन्जालहरुमा गुलमोहरको बुटमुनि खिचेका तस्वीरहरु पोष्ट गरीरहेको देखिन्छ ।

यसलाइ अझै व्यवस्थीत गर्न सके यो क्षेत्रलाइ गुलमोहर टुरीजमका नाममा पनि चिताउन सकिने नागरीक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठ बताउछन् । जिल्ला समन्वय समिति परीषरमा रोपिएका गुलमोहरको सौन्दर्यता मात्रै नभएर जिल्ला समन्वय समितिभित्रको फुलैफुलको बगैचाले पनि फुलप्रेमीहरुलाइ तानिरहेको साक्षिखवर दैनिकका प्रकाशक संपादक सुनील पोख्रेलले बताए ।

उनले जिल्ला समन्वय समितिले यो फुलैफुलको वगैचालाइ एउटा आकर्शक फुलवारीका रुपमा विकाश गरी यसबाट आयआर्जन गर्न सकिने संभावना पनि औल्याए ।

त्यसो त गुलमोहर फुलको आकर्शष बढ्दै गएपछि गतशाल देखि जिल्ला समन्वय समितिले पनि आफ्नो कार्यालय परीषर क्षेत्रमा थप गुलमोहरका विरुवा रोप्न थालेको छ ।

‘फुलप्रति नागरीक मोह बढिरहेको सन्दर्भमा हामीले गुलमोहर पर्यटनलाइ थप आकर्शक बनाउन फेरी पनि विरुवा रोपेका छौं’, जिल्ला समन्वय समितिका समन्वय अधिकारी मोहन सुवेदीले भने । उनको बुझाइमा सायद मुलुकभरमा दाङ जिल्ला समन्वय समितिनै फुलैफुलको वगैचा जस्तो छ ।

करीव चार दशक अघि रोपिएका गुलमोहर बुढा हुदै जानथालेपछि यसको सुन्दरतालाइ निरन्तरता दिन गत असारमा जिल्ला समन्वय समितिले थप एक दर्जन गुलमोहरका विरुवा रोपिएको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बताए ।

आगामि असार साउनमा पनि समय मिलाएर गुलमोहर लगायतका फुल तथा अन्य प्रजातिका विरुवा रोपिने पनि समन्वय प्रमुख शर्माले बताए ।

कहिले रोपिए जिससमा गुलमोहर ?

जिल्ला समन्वय समितिमा यसको अफिशियल विवरण त छैन । तैपनि जानकारहरुका अनुसार विसं २०४३ शालको बर्षामा यहां करीव ५० जति गुलमोहर रोपिएका थिए । तर त्यो वेला स्याहार सुसारको अभाव हो वा हावा पानीले साथ दिएन, करीव एक दर्जन मात्रै विरुवा सप्रिए ।

तात्कालिन जिल्ला विकाश समितिको नयां भवन विसं २०४२ शालमा निर्माण सम्पन्न भयो । त्यसलाइ काठका पोलमा काडेतार लगाएर कम्पाउण्ड बनाइएको थियो । तात्कालिन जिल्ला सभापति खिम वहादुर शाहका पालामा यो क्षेत्रमा गुलमोहरका विरुवा रोपिएको त्यसवेलाका कर्मचारी ऋषिराज जंगलीले गोरक्षलाइ बताए ।

‘म त्यो वेला जिल्ला पन्चायत कार्यालयमा कर्मचारी थिए । हामी भ्रमणका क्रममा बुटवलको त्यसवेलाको ट्राफिक चोकको सडकको वल्लो पल्लो किनारामा गुलमोहर ढकमक्क फुलेको देख्यौं । त्यसको रिपोटिङ जिल्लासभापति खिम वहादुर शाहलाइ गयौं’, उहां राजी हुनु्भो र हामीले जिल्ला वन कार्यालयबाट गुलमोहरका विरुवा ल्याएर यस प्रांगणमा रोपेका थियौं’, जंगलीले भने, त्यो वेला जिल्ला वन कार्यालयका प्रमुख एम वहादुर थापा थिए । यहां विरुवा नभएका कारण वनले अन्यत्रैबाट यी विरुवा मगाइदिएको थियो ।

त्यसो त गुलमोहरको मनमोहक दृश्यलाइ अन्यत्र पनि विस्तार गर्न खोजिएको थियो । तात्कालिन जिल्ला पन्चायतका कर्मचारी ऋषिराज जंगली पछि त्रिभुवननगर जेसिसको अध्यक्ष बनेको वेला जेसीसले मसौट चौपट्टा सडक खण्डमा पनि गुलमोहरका केहि विरुवा रोपेको थियो ।

सायद स्याहार सुसार नभएर होकि हावा पानी नमिलेर ती विरुवा फुल्ने उमेर सम्म बाच्न सकेनन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *