२०८१ जेष्ठ ५ गते शनिवार

राजपुरमा आगलागी पीडितका घर टहरा बनाउन खटिए विप्लवका कार्यकर्ता

हेमन्त प्रकाश वली, दाङ, जेठ २ । नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पीडित सर्वसाधारणका घर टहरा बनाउन कार्यकर्ता खटाएको छ ।

बुधबारदेखि तीन दिनसम्म २५ जना कार्यकर्ता अग्नी पीडितका घर टहरा निर्माणका लागि खटिने भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविनले निस्वार्थ रुपमा जनताको सेवा गर्न आग्रह गरे ।

उनले राजनीति जनताको सेवाका लागि हुनुपर्ने बताएका थिए ।

श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तिनगरबाट करिव २५ जना नेता कार्यकर्ता सहभागी हुने छन् । नेकपा दाङले राजपुर – ७ हाटवासका आगलागी पीडितका लागि नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरि सकेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *