काठमाडौं,जेठ २ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।
बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई निर्दोष ठहर गरेको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गरेको थियो । त्यो फैसला उच्च अदालत पाट्नले उल्टाउँदै सफाइ दिएको हो ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरिएको थियो ।
त्यस्तै पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैंया जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन आदेश गरेको थियो।
त्यस निर्णको बिपरित लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।
तर, त्यसपछि उच्च सरकारी वकिल कार्यालयले सजाय कम तोकिएको भन्दै फागुन २९ गते उच्च अदालत पाटनमा पुनरावेदन दिएकोमा ३० गते मुद्दा दर्ता भएको थियो।
उच्च अदातले त्यसपछि थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा लामिछानेलाई प्रदान गरेको थियो ।