२०८२ जेष्ठ १३ गते आइतवार

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु


बबई, जेठ २। बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा मंगलबार मृत्यु भएको हो ।

दुई दाजुभाइ सोमवार मात्रै भारतबाट ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ ।

प्रहरीका अनुसार १६ वर्षिय दिपेश परियारको बबई नदीबाट शव निकालिएको थियो भने १८ वर्षिय दिपक परियारको उद्धार गरेर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिए

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *