काठमाडौं, जेठ १ ।
नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको थियो ।
बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।
संघीय संसदको बैठकमा मंगलबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ।
कांग्रेसले नीति तथा कार्यक्रम बाचन गर्न दिने र त्यसपछिका छलफल भने संसदीय छानबिन समिति गठन नभएसम्म रोक्ने नीति लिएको छ ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ।
काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।
