२०८१ असार ६ गते बुधवार

तुलसीपुर उपमहानगरपालिकाको सुझाव संकलन

कमजोर ढुकुटि, महत्वाकांक्षि आयोजना,ऋण तिर्दै वित्यो दुइ बर्ष



तुलसीपुर,जेठ १ । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक बर्षको बजेटमा करीव ३६ करोड १५ लाख रुपैया वरावरको राजश्व प्रक्षेपण गर्यो ।

तर नयां आर्थिक बर्ष सुरु हुन ठिक दुइ महिना मात्रै बांकि रहदा तुलसीपुर उपमहानगरपालिकाले करीव ५३ प्रतिसत मात्रै आन्तरीक राजश्व उठाएको छ । उसले बैसाख अन्तीम सम्म १८ करोड ८५ लाख ७८ हजार रुपैया राजश्व उठाएको छ ।

प्रक्षेपित राजश्वका आधारमा विकाशे आयोजनाहरु बाडिए, तर कार्यान्वयनमा आर्थिक कारणले थुप्रै चुनौति आए । चालु आर्थिक बर्षकालागी तय गरीएका २२८ योजनाहरुमा ११५ योजनाहरु मात्रै सम्पन्न भएका छन्, ९३ योजना संझौता भएर कार्यान्वयनको चरणमा छन् । र २० योजनाहरु अझै सम्म पनि संझौता हुन सकेका छैनन् । भौतिक प्रगति जम्मा ५० प्रतिसत भएको छ ।

चालु आर्थिक बर्षमा तुलसीपुर उपमहानगरपालिकाले १७ वटा योजनाहरुलाइ गौरवका योजनाका रुपमा राख्यो । ती योजनाहरुमध्ये १३ वटा योजना सम्पन्न भैसकेका छन् । तीन वटा योजनाहरु संझौता भएर निर्माणका क्रममा छन् भने एउटा योजना संझौतानै हुन नसकेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका भन्छ, ’अझै दुइ महिना बाकि रहेको छ, आर्थिक बर्ष सकिन, सायद त्यो अवधिमा हामी विकाश लक्ष हासिल गर्ने छौं ।’ जव आन्तरीक ढुकुटिनै कमजोर छ भने विकाश निर्माणका योजनाहरुको संख्या बढाएर वा निति तथा कार्यक्रममा गौरवका योजना भनेरै उल्लेख गरेपनि ती योजनाहरु सम्पन्न गर्न स्थानिय सरकारलाइ निकै चुनौति पनि छ ।

‘तुलसीपुर संसाझै असुरक्षित हुन्छ, महिलाहरुलाइ एक्लै दुक्लै साझपरेपछि हिड्नै कठिन्याइ । क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान चलिरहेको छ, तर बजारको फोहर बढारेर पातुखोलामा फालिन्छ । फोहरलाइ मोहर बनाउने अभियान अन्तर्गत फोहरबाट प्रांगरीक मल बनाइयो, तर यसको बजारीकरण हुन सकेको छैन ।

मासु मण्डीमा वायोग्यास दन्दनी बलिरहेको छ, तर यसको कमर्शियल डिस्ट्रीव्युशन हुन सकेको छैन ।’। तुलसीपुर उपमहानगरपालिकाले आगामि आर्थिक बर्ष २०८१÷२०८२ शालको निति तथा कार्यक्रम र बजेटका सन्दर्भमा सोमवार पत्रकारहरुसंग सुझाव संकलन राखिरहंदा सहभागि सन्चारकर्मिहरुका यस्तै जिज्ञासा थिए ।

खासमा सन्चार क्षेत्रको भुमिका र सुझावकालागी आयोजना गरिएको छलफल कार्यक्रममा पत्रकारहरुले सुझाएका छन्, यस अघिका सुझाव र यस अघिकै निति तथा कार्यक्रमलाइ त सम्वोधन गरौं । पुरानै कार्यक्रम अधुरा छन् भने नयांकालागी सुझाव किन? तुलसीपुर उपमहानगरपालिकामा तात्कालिन मेयर घनश्याम पाण्डेकै पालामा कार्यपालिकाबाट पास भएको लोककल्याणकारी विज्ञापन स्थानिय सन्चारमाध्यमलाइ दिने भन्ने विषय समेत कार्यान्वयनमा आउन नसकेको पत्रकारहरुको सामुहिक अभिव्यक्ति थियो ।

तुलसीपुर उपमहानगरपालिकाले हरेक बर्षको निति तथा कार्यक्रममा आधारभुत तहसम्मको शिक्षा पुर्ण रुपमा निशुल्क भनिरहंदा सामुदायिक विद्यालयहरुले भने अंग्रेजी माध्यमको पढाइका नाममा विद्यार्थिका अभिभावकहरुबाट यो र त्यो वाहनामा चर्को शुल्क उठाइरहेका छन् । तर स्थानिय सरकार मौन रहेको छ ।

यसलाइ तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखाले पनि स्वीकार गरेको छ । पत्रकारहरुको यो जिज्ञासामा शिक्षा शाखाका प्रमुख चक्र भण्डारी भन्छन्, पैसा उठाएको सत्य हो, यसलाइ संघिय सरकारले आवस्यक दरवन्दी उपलव्ध गराएमा मात्र यो विषयलाइ टुंग्याउन सकिने छ ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको सुझाव संकलन कार्यक्रममा पत्रकारहरुले स्थाइ डम्पिङ साइटको अभाव खड्किएको विषयमा पनि जिज्ञासा राखे । तुलसीपुरको फोहर नाला मार्फत जहिल्यै पनि बर्षातको खेतीको सिजनमा नाला हुदै, सिचाइ कुलो मार्फत सोझै किसानका वारीमा पुग्ने गरेको छ ।

बर्षौ देखिको यो समस्याले किसानहरु आहत भएका छन् । तर फोहर व्यवस्थापनमात्रै होइन, फोहोर व्यवस्थापन सचेतना समेत छैन, तुलसीपुरबासीहरुलाइ ।
त्यसो त तुलसीपुर बजारस्थीत राप्ती प्रादेशिक अस्पतालबाट करीव पाच किमिको दुरीमा स्थानिय सरकारले एउटा आफ्नै स्वामित्वको अस्पताल चलाइरहंदा त्यो अस्पताल विरामीको आकर्शक उपचार गन्तव्य बन्न सकेको छैन । भिमसेन मेट्रो हस्पीटलमा दैनिक सेवा लिनेहरु भन्दा बढि सेवा दिनेहरु छन् ।

’किन यति धेरै जनशक्ति सो अस्पतालमा खटाइएको छ’, सन्चारकर्मिहरुको जिज्ञासामा तुलसीपुर उपमहानगरपालिका जनश्वास्थ्य शाखाका प्रमुख ओमपि न्यौपाने भन्छन्, ‘त्यो अस्पताललाइ त हामीले गर्ववती महिलाहरुलाइ सुत्केरी हुने प्रसुति सेवा सहितको अस्पताल बनाउदै छौं ।’,

यद्धपि प्रदेश सरकारले सो अस्पताललाइ कम्तिमा पन्ध्र बेड बनाउने तुलसीपुर उपमहानगरपालिकाको आग्रहलाइ स्वीकार गर्न सकेको छैन । यति छोटो दुरीमा दुइवटा उस्तै प्रकृतिका अस्पतालहरु चल्न नसक्ने भन्ने ठहर सायद प्रदेश सरकारको छ ।

तुलसीपुर उपमहानगरपालिकाले दशक अघि डम्पिङ साइटकालागी खरीद गरेको फुलवारीको जग्गा कता हरायो? फोहर जहिल्यै पनि कहिले वल्लो चिरा, कहिले पल्लो चिरा त कहिले पातुखोलामा फालिदै आएको छ । जुन दिर्घकालिन समाधान नभएको पत्रकार नारायण खड्काको सुझाव थियो, स्थाइ डम्पिङ साइटको व्यवस्थापन गरौं ।

त्यसो त बजार व्यवस्थापनका नाममा उपमहानगरपालिकाकै कर्मचारीले ठेलाबाट पैसै नतिरेर तरकारी लैजाने गरेको गुनासो पनि पत्रकार अन्जना चौधरीले गरेकि थिइन् । साथै उपमहानगरपालिकाले भौतिक विकाशलाइ मात्र प्रार्थमिकता दिइरहंदा मानव संसाधनको विकाशको अभियान ओझेलमा परेको सन्चारकर्मिहरुको गुनासो थियो ।

सुचनाको हकलाइ नेपालको संविधानले मौलिक हकका रुपमा स्थापित गरीसकेको अवस्थामा पनि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गेहेन्द्र डांगिले सुचना दिन नचाहेकोमा पनि सन्चारकर्मिहरुको व्यापक जनगुनासो थियो ।

गुनासो तथा शुझाव व्यक्त गर्नेहरुमा पत्रकार सुनिल पोख्रेल, नारायणि रजौरे, बालाराम खड्का, जितसागर जिएम, गोपाल शर्मा भट्टराइ, उमा भण्डारी, ओपेन्द्र बस्नेत, बसन्त पौडेल, दोर्ण केसी लगायत थिए । त्रिकाहरुको सुझाव लोककल्याणकारी विज्ञापन, तथा लेखनबृत्तिमा पनि केन्द्रित थियो ।

पत्रकारहरुको जवाफ विषयगत शाखाका प्रमुखहरुले दिएका थिए । कार्यक्रमको सहजीकरण टेकवहादुर खड्काले गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी वावुराम न्यौपानेले चालु आर्थिक बर्षका कार्यक्रमका विषयमा संक्षिप्त जानकारी गराएका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी सहित प्रमुख प्रशाशकिय अधिकृत गेहेन्द्र डांगिको पनि उपस्थीति रहेको थियो ।

सहकार्यका लागि आह्वान
यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले समृद्ध तुलसीपुर निर्माणकालागी सहकार्यको आह्वान गरेका छन् ।

सोमवार सन्चारकर्मिहरुसंगको छलफल कार्यक्रममा नगरप्रमुख खड्काले केहि महिना अघि मात्र तुलसीपुर उपमहानगरपालिका ऋणमुक्त भएकाले अव सन्चार क्षेत्रका गुनासा र सुझावलाइ आफुले उत्साहजनक रुपमा कार्यन्वयन गर्ने बताए ।

‘भर्खरै चालु आर्थिक बर्षमा हामी ऋण मुक्त भएका छौं, अव हामीले लोककल्याणकारी विज्ञापन लगायत एकद्धार विज्ञापन प्रणालि र लेखन बृत्तिकालागी हामी सन्चारकर्मिहरुलाइ सधै सहयोग गर्न तयार छौं’, नगरप्रमुख खड्काले भने । साथै उनले सुचनाको हकका सन्दर्भमा आएका गुनासाहरुलाइ पनि तत्कालै सम्वोधन गर्ने अभिव्यक्ति समेत दिएका छन् ।

सो अवसरमा उनले आगामि आर्थिक बर्षको बजेटमा सन्चार क्षेत्रलाइ पनि अर्थपुर्ण रुपमा सम्वोधन गर्दै समृद्ध तुलसीपुरको अभियानमा सवैको साथ र सहयोगको पनि अपेक्षा गरेका छन् ।

आगामि आर्थिक बर्षको निति र कार्यक्रम तथा बजेट ल्याउने सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले केहि दिन देखि विभिन्न क्षेत्रगत सुझावहरु संकलन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *