२०८१ जेष्ठ ३० गते बुधवार

जित पछि बिनिलले भेटे संस्थापक अध्यक्षदेखि काँग्रेस नेताहरु

तुलसीपुर, वैशाख ३१ । तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष बिनिल केसीले जित पछि संघका संस्थापक अध्यक्षदेखि काँग्रेस नेताहरुलाई घरमै पुगेर भेटघाट गरेका छन् ।


जितको उन्माद नपाली अग्रज उद्योगी ब्यबसायीको घरमै पुगेर उनीहरु संग शुभकामना र आर्शिबाद थाप्न बिनिलसहितका नव निर्वाचित पदाधिकारीहरु पुगेका हुन ।

निर्वाचित हुनासाथ सबै भन्दा पहिला संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतलाई भेटन घरमै पुगेका थिए । त्यसपछि पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठ, चिरञ्जिबी रिजाल, हेमन्त रिजाल, गणेश प्रेम श्रेष्ठ, विरु रावत, बिमल रिजाल र रामप्रशाद चालिसे लगाएतका नेताहरु संग उनीहरुले क्रमश भेट गरेका थिए ।

उद्योगी ब्यबसायीका साथै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, दाङ क्षेत्र नं( ३ का सभापति जगतबहादुर खड्का, नेताहरु शंकर गिरी, केशव आचार्य, दाङ क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल लगाएतलाई घरमै पुगेर भेट गरि शुभकामना तथा आर्शिबाद लिएका थिए ।

अग्रज उद्योगी ब्यबसायीका साथै काँग्रेसका नेताहरुले अध्यक्ष बिनिलसहितको नव निर्वाचित टोलीलाई शुभकामना दिनुका साथै तुलसीपुरको ब्यबसायिक उन्नयनका लागि सबै संग मिलेर हातेमालो गर्न सुझाएका थिए ।

उद्योगी ब्यबसायिका नेतादेखि काँग्रेस नेताहरुले अध्यक्ष बिनिलसहित निर्वाचित सबैलार्इृ खादा माला र अभिरले स्वागत गरेका थिए ।

तस्बिर : शरद रेग्मी ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *