तुलसीपुर , बैशाख ३० । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष पदका प्रत्यासी बिनिल केसीले मतदातामा आभार ब्यक्त गरेका छन् ।
निर्वाचन सकिए लगतै नेपाली काँग्रेसको सिफारिसमा प्यानलसहित उम्मेदवारी दिएका बिनिलले आफ्नो सामाजिक संजाल मार्फत शान्तिपूर्ण रुपमा मतदानमा सहभागी भइ मतदान गर्ने सबै मतदातामा धन्यबाद तथा आभार ब्यक्त गरेका थिए ।
‘आज मिति २०८१ बैशाख २९ गते सम्पन्न तुलसीपुर उद्योग वानिज्य संघ को निर्वाचनमा आफ्नो आमुल्य मत दिनुभयकोमा सम्पुर्ण मतदातालाइ विशेष आभार प्रकट गर्न चाहन्छु,’ उनले अगाडि लेखेका छन् ‘ निर्बाचनको टिम, सुरक्षाकर्मी ,पत्रकार लगायत आम शुभेच्छुकहरुमा धन्यवाद दिन चाहान्छु ।’
प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार