२०८२ जेष्ठ ४ गते शुक्रवार

नारायणपुर उवासंघकाे अध्यक्षमा संयुक्त व्यवसायी प्यानलका बस्नेत विजयी


दाङ, वैशाख २९ । नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षमा अनिलकुमार बस्नेत विजयी भएका छन् ।

संयुक्त व्यवसायी प्यानलकाे तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्याेग उपाध्यक्ष पदका उम्मेदवार रहेका बसन्त न्याैपानेले २ सय ७ मत लिई विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका धरमबहादुर बस्नेतले १ सय ८४ मत लिएका छन् ।

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार रहेका कुलराज खनालले २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् भने सचेत युवा व्यवसायी प्यानलका सनतकुमार आचार्यले १ सय ४१ मत लिएका छन् ।

त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट सचिव पदका उम्मेदवार रहेका मिना भण्डारीले २ सय १० मत लिई विजयी भएकी छिन् भने सचेत युवा व्यवसायी प्यानलका तिलकबहादुर भण्डारीले १ सय ८२ मत लिएका छन् ।

कुल ४ सय ३२ मतदाता रहेकाेमा ४ सय ६ मत खसेकाे थियाे ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *