२०८१ जेष्ठ ३० गते बुधवार

तुलसीपुर उद्योग बाणिज्य संघमा २८८० मत खस्यो

तुलसीपुर , बैशाख २९ । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार भएको मतदानमा २८८० मत खसेको छ ।


बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए । ती मध्य ५९१ जना मतदान गर्न आएनन् । बिहान ८ बजेदेखि बेलुका झन्डै ७ बजेसम्म मतदान भएको थियो । सुरुमा मतदानको अबधि ५ बजेसम्म तोकिएको थियो ।

बर्षाका कारण झन्डै आधा घन्टा जति मतदान स्थगित हुन पुगेको थियो । त्यो अबधिलाई जोडेर मतदानको समय साढे ५ बजेसम्म थपिएको थियो । त्यो अबधिमा लाइनमा पुगेका र डोरी भित्र प्रबेश गरेका सबैले मतदान गर्न पाएका हुन ।

निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले झन्डै ८२ प्रतिसत बढी मतदान भएको बताए ।

उनका अनुसार केही बेरमा सबै उम्मेदवारका बीचमा छलफल गरि सहमती जुटेपछि मतगणना सुरु गर्ने बारे तयारी हुने छ ।

तुलसीपुर उद्योग बाणिज्य संघमा आगामी नेतृत्वको लागि यसअघिका महासचिव बिनिल केसी र उपाध्यक्ष ललितजंग शाहको प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् ।


केसीको टिम नेपाली काँग्रेसको सिफारिसमा र टिकट नपाएपछि रुष्ट बनेका शाह काँग्रेसकै भएपनि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरुको साझा उम्मेदवार बनेका थिए ।
केसी र शाहका बीचमा कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *