२०८१ असार ८ गते शुक्रवार

रोल्पाका २१ बर्षे डिलबहादुरले मलेसियामा खुट्टा गुमाए

दाङ, बैशाख २९ । रोजगारीको खोजीमा आठ महिना पहिले मलेसिया पुगेका एक जना युवकले काम गर्ने क्रममा मेसिनमा खुट्टा परेपछि दाहिने खुट्टा गुमाउनु परेको छ ।

जिल्लाको रुन्टीगढी गाउँपालिका – ८ मगरगोरीका २१ बर्षीय डिलबहादुर बाँठाले शुक्रबार दिउँसो मलेसियाको ‘बाम तेल’ उत्पादन कम्पनीमा काम गर्ने क्रममा दाहिने खुट्टा मेसिनमा परेपछि गुमाएका हुन ।


रुन्टीगढी – ८ की वडाध्यक्ष तुलसी पुन मगरले उनको घुँडा मुन्तिरको भाग छिया छिया भएको तथा चुरी गाँठो नजिकबाट खुट्टै पुरै चुँडिएको खबर आएको फरककोणलाई जानकारी दिइन ।

मलेसियामा घाइते डिलबहादुरको हेरचाहामा खटिएका देबराज पुन मगरले आँफुलाई त्यस्तो जानकारी दिएको वडाध्यक्ष मगरले बताइन ।

घाइते डिलबहादुर गत असोजमा मात्रै साढे तीन लाख बढी खर्चेर मलेसिया पुगेका थिए । हाल उनी कार्यरत कम्पनीले नै उनको उपचार गरि रहेको खबर आँफुले पाएको वडाध्यक्ष मगरले बताइन ।


अबिबाहित डिलबहादुरको घरमा बुवा–आमा , एक भाइ र दुई बहिनी रहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी एसइई उत्तिर्ण पछि प्लस टू पढ्न छोडेर बिदेश गएको आफन्तले जानकारी दिएका छन् ।
एउटा खुट्टा गुमाएपछि उनको मलेसियामा उपचार जारी छ । खबर सुनेर डिलबहादुरका आमा बुवा र आफन्त चिन्तित बनेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *