२०८१ असार ३ गते आइतवार

तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनको अवधि आधा घन्टा थपियो

पाँच बजेसम्म खसे २३०० मत

तुलसीपुर, बैशाख २९ । तुलसीपुर उद्योग बाज्यि संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार बिहान ८ बजेदेखि भइ रहेको मतदानको अवधि आधा घन्टा थप्ने निर्णय भएको छ ।


यसअघि बिहान ८ बजेदेखि बलुकी ५ बजेसम्म मतदानको समायाबधि तोकिएकोमा त्यसमा आधा घन्टा थपेर साढे पाँच बजेसम्म मतदान गर्न पाउने निर्णय भएको निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले फरककोणलाई बताए ।

बर्षाका कारण झन्डै आधा घन्टा बाणिज्य संघको मतदान रोकिन पुगेको थियो । त्यही समय थप गरिएको हो ।
अब मतदान गर्न इच्छुक मतदाता टाँगेको डोरी भित्र साढे पाँच बजेसम्म पुगि सक्नु पर्ने भएको छ ।


निर्वाचन संयोजक लम्सालका अनुसार बेलुकी पाँच बजेम्म झन्डै दुई हजार तीन सय मतदान भएको छ ।बाणिज्य संघमा कुल तीन हजार चार सय ७१ ज्ना मतदाता छन् ।


अझैं एक हजार एक सय बढी मतदाताले भोट खसालेका छैनन् । आधा घन्टा भित्रको समय अपुग भएपनि डोरी भित्र प्रबेश गरेका सबैले मतदान गर्दासम्म झन्डै ६ देखि साढे ६ बज्न सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *