२०८१ जेष्ठ ३० गते बुधवार

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुर,वैशाख २९ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा अन्य यात्रु सवार नरहेको प्रहरीको भनाइ छ ।

अटो सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *