२०८१ जेष्ठ ५ गते शनिवार

नेपाली काँग्रेसको बिज्ञप्ती – बिनिल केसी नेतृत्वको प्यानल नै आधिकारिक

तुलसीपुर, बैशाख २८ । नेपाली काँग्रेसले बिनिल केसी नेतृत्वको प्यानल नै आधिकारिक रहेको स्पष्ट पारेको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघमा नेतृत्व चयनको लागि शनिबार मतदान हुँदै छ । त्यसको पूर्व सन्ध्यामा पार्टीको आधिकारिक उम्मेदवार को हो ? भन्ने बारे बहसहरु भइ रहँदा काँग्रेसले बिनिल केसी नेतृत्वको प्यानल नै काँग्रेसको आधिकारिक उम्मेदवार भएको स्पष्ट पारेको हो ।


दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले शुक्रबार बिज्ञप्ती जारी गर्दै बिनिल नेतृत्वको लोकतान्त्रिक प्यानललाई अत्यधिक बहुमतले बिजयी बनाउन अपिलपनि गरेका छन् ।
सभापति खड्काले पार्टीकै जिम्मेवारीमा रहेका केही ब्यक्तिहरु अन्य पार्टी संग सहकार्य गरि गठबन्धनका नाममा आँफुलाई उम्मेदवारी प्रस्तुत गर्दै प्रचार प्रशारमा हिडेको सुन्नमा आएको भन्दै बिचलनमा नपर्न आग्रहपनि गरिएको छ ।
भविश्यमा त्यस्ता ब्यक्तिहरुको उचित मुल्याङकन हुने कुरापनि सभापति खड्काले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

उद्योग बाणिज्य संघमा उम्मेदवार चयनका लागि क्षेत्रीय सभापति खड्काको संयोजकत्वमा एउटा समिति बनेको थियो । जसमा क्षेत्र नं. ३(१) का सभापति देबेन्द्र रिजाल, ३(२) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनकप्रशाद खराल सदस्य थिए । उनीहरुलाई सघाउनका लागि जिल्ला प्रतिनिधिका रुपमा जिल्ला सहसचिव राजु आचार्य खटाइएका थिए ।


यही टिमले एक हप्ता गृहकार्य पछि तुलसीपुर बाणिज्य संघको आगामी नेतृत्वको लागि बिनिल केसीको नेतृत्वमा उम्मेदवारी सिफारिस गरेको थियो ।
नेपाली काँग्रेसले प्रष्पर्धामा उतारेका बिनिल केसी नेतृत्वको प्यानलमा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी,सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा र सह–कोषाध्यक्षमा दिपेश भण्डारी छन् ।

त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी –कमल) , तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्ट उम्मेदवार छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघको शनिबार हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । अब शनिबार बिहान र मतदानको मात्रै प्रतिक्षा छ । बाणिज्य संघको तुलसीपुर बजारस्थित भवनमा २७ वटा मत खसाल्ने ठाउँ निर्माण गरिएको छ । निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले फरककोणलाई दिएको जानकारी अनुसार माथिको हलमा २२ वटा र भूइ तलामा पाँच वटा मत खसाल्ने ठाउँ निर्माण गरिएको छ ।


निर्वाचन संयोजक लम्सालका अनुसार आवश्यक परे थप तीन वटासम्म मत खसाल्ने मिल्ने ठाउँ तयारी अवस्थामा राखिएको छ । निर्बाचन सयोजक प्रवीण लम्सालका अनुसार एकै पटक २७ जनासम्मले मतदान गर्न पाउने ब्यबस्था मिलाइएको छ ।

तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न यस पटक तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।
सघंको नेतृत्व चुन्न शनिबार बिहान आठ बजेदेखि बेलुका पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । त्यस्तै संभावित फर्जी मत रोक्न यो पटक डिजिटल परिचय पत्रको ब्यबस्था गरिएको छ । पुराना परिचय पत्र धारिको हकमा स्पष्ट परिचय खुल्ने प्रमाण ल्याउनु पर्ने ब्यबस्था गरिएको छ ।

निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।


तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न यस पटक तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् । बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *