२०८१ असार १० गते आइतवार

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना – दुई जनाको मृत्यु, तीन जना घाइते

दाङ, बैशाख २८ । रुकुम पश्चिममा शुक्रबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । थप तीन जनाको अवस्था गम्भीर छ ।


जिल्लाको आठबिसकोठ नगरपालिका – १४ पिपलचौरका २२ बर्षीय गाडी धनी तथा चालक बिकाश खड्का र सोही ठाउँका १८ बर्षीय हरि आचार्यको मृत्यु भएको छ ।


दिउँसो साढे १२ बजेतिर आठबिसको – १४ छेपारेबाट जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत आठबिसकोटदेखि जाजरकोटको रिम्ना तर्फ जाँदै गरेको भे २ त १६६८ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो ।


जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज पोखरेलका अुनसार घाइते हुनेमा आठबिसकोट – १४ का चिन्तामणि शर्मा, सोही ठाउँका १८ बर्षीय बिकास पोखरेल र सानोभेरी – ४ का १६ बर्षीय निशान बुढाथोकी छन् ।
तीन जना गम्भीर घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइ रहेको छ ।

डिएसपी पोखरेलका अनुसार ट्रयाक्टर भेरी नदीमा डुबेको हुँदा नम्बर पहिचान गर्न कठिन भइ रहेको हो । मृतक र घाइते सबै भने नदी भन्दा केही माथि भिर पाखाको घाइते अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले ट्याक्टर सडकदेखि झन्डै डेढसय मिटर तल खसेको जानकारी दिए । दुर्घटनाको कारण खुली सकेको छैन ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *