२०८१ जेष्ठ ३० गते बुधवार

कुटपटि गरि देउरानी हत्या गरेको अभियोगमा जेठानी पक्राउ

दाङ, बैशाख २८ । कुटपिट गरि देउरानीको हत्या गरेको अभियोग पछि फरार रहँदै आएकी जेठानी पक्राउ परेकी छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका – १३ एगौलीकी ४० बर्षीया हिरा बिक बैशाख २७ गते दाङको बबई गाउँपालिका – ५ हुरुमबेलीचौरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेकी हुन । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उनलाई पक्राउ गरेको थियो ।


रुकुम पश्चिम प्रहरीको आग्रहमा आरोपितलाई पक्राउ पछि रुकुम पश्चिम पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

२०७५ पुस २५ गते बिहान ७ बजेतिर घरायसी बिबादका कारण आफ्नै देउरानी २८ बर्षीया कल्पना नेपालीलाई जेठानी हिराले कुटपिट गरि सक्त घाइते तुल्याएकी थिइन । घाइते कल्पनाको उपचारका क्रममा २०७८ मंसिर १९ गते मृत्यु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार कल्पनाको मृत्यु पछि हिरा फरार रहँदै आएकी थिइन । फरार आरोपितलाई खोजतलास गर्ने क्रममा उनी दाङमा फेला परेकी हुन ।

कतब्र्य ज्यान मुद्दा चलाइ हिरामाथि अनुन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता धर्मेन्द्र खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *