२०८१ जेष्ठ ६ गते आइतवार

तुलसीपुर बाणिज्य संघमा दुई टिमको ३४ जनाको उम्मेदवारी दर्ता

तुलसीपुर, बैशाख २४ । तुलसीपुर उद्योग बाणिज्य संघमा दुई टिमबाट ३४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली काँग्रेसको सिफारिसमा बिनिल केसी नेतृत्वको प्यानलबाट १७ जना र नेकपा एमाले, माओबादी लगाएत दलको समर्थनमा ललितजंग शाहको नेतृत्वमा पनि १७ जनाले बिभिन्न पदहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका संयोजक प्रबिण लम्सालका अनुसार बिनिल केसी नेतृत्वको प्यानलले सुरुमा उम्मेदवारी दर्ता गरेको थियो ।
बिनिलको प्यानलबाट बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी, सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा, र सह–कोषाध्यक्षमा दिपेश भण्डारीलाई उम्मेदवारी दर्ता गराएका छन् ।


त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, संस्थापक सदस्यमा चिन्तामणि आचार्य, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी (कमल), तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्टको उम्मेदवारी परेको छ ।

त्यस्तै शाह नेतृत्वको साझा खुल्ला उपाध्यक्षमा डिल्लीबहादुर वली, बाणिज्य उपाध्यक्षमा नरेशकुमार राज भण्डारी, उद्योग उपाध्यक्षमा विश्व बस्नेतको उम्मेदवारी परेको छ ।


त्यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्रकुमार डाँगी, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार वलीले उम्मेदवारी दिएका छन् । सदस्य तर्फ भिमबहादुर खत्री, कृष्णबहादुर पुन, एसोसेट सदस्यमा सुरेश ज्ञवाली, टोपबहादुर महतरा, मनोजकुमार गुप्ता र महिला सदस्यहरुमा शारदा बस्नेत र मिना रावतको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *