२०८१ जेष्ठ ६ गते आइतवार

तुलसीपुर उद्योग वाणिज्य संघमा उम्मेदवार बन्न कस्ले कति रकम बुझाए ?

तुलसीपुर, बैशाख २४ । तुलसीपुर उद्योग बाणिज्य संघमा उम्मेदवारहरुको मनोनयन दर्ता गरे बाफत शुल्क झन्डै ११ लाख रकम संकलन भएको छ ।

उम्मेदवारहरुलाई मनोनयतका लागि चर्कौ शुल्क तोकिएको छ । अध्यक्ष पदका उम्मेदवारलाई मनोनयन शुल्क दर्ता गर्नका लागि ७० हजार तोकिएको थियो । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ ।


तीन उपाध्यक्ष पदका उम्मेदवारहरुलाई मनोनयन शुल्क ५० हजार निर्धारण गरिएको छ । यी पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै महासचिव र कोषाध्यक्षलाई समान ४० ÷ ४० हजार तोकिएको छ । यी पदहरुमा पनि दुई टिमबाट दुई दुई जना गरि चार जनाको उम्मेदवारी परेको छ ।


सचिव र सहसचिव पदका उम्मेदवारका हकमा पनि समाज ३० ÷ ३० हजार मनोनयन शुल्क तोएिको छ । यी पदहरुममा पनि चार जनाको उम्मेदवारी परेको छ ।
९ जना सदस्य पदका उम्मेदवारलाई जनही २० हजारका दरले मनोनयन शुल्क बुझाएर उम्मेदवारी दर्ता गरेका छन् । बिभिन्न सदस्य पदहरुमा गरि दुई टिमबाट १८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका संयोजक अधिबक्ता प्रबिण लम्सालका अनुसार एउटा टिममा १७ जनाले उम्मेदवारी दिएका छन् । एउटा टिमबाट मात्रै मनोनयन शूल्क बाफत पाँच लाख ४० हजार रकम संकलन भएको छ ।


तुलसीपुरमा नेपाली काँग्रेसको सिफारिसमा संघका अहिलेका महासचिव बिनिल केसी नेतृत्वको टिम र साझा ब्यबसायिक प्यानलको तर्फबाट संघका उपाध्यक्ष ललितजंग शाहको प्यानलले उम्मेदवारी दर्ता गरेका छन् ।


यी दुबै टिमले उम्मेदवारी दर्ता गर्दा मात्रै दश लाख ८० हजार रुपैंया मनोनयन शुल्क बाफत उम्मेदवारहरुले बुझाएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *