तुलसीपुर, बैशाख २४ । नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा युवा ब्यबसायी बिनिल केसीेलाई पठाउने निर्णय गरेको छ ।
संघका अहिलेका महासचिवसमेत रहेका केसी नेतृत्वको टिममा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी, सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा, र सह–कोषाध्यक्षमा जनकबहादुर रावतलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ ।
त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा दिपेश भण्डारी, निर्मल पौडेल, बालकृष्ण डाँगी, कमल डाँगी, तिर्थ डाँगी, संस्थापक सदस्यका रुपमा पुष्कर सुनार, महिला सदस्य निलम बस्नेत र नारायणीकुमारी वली रहेका छन् ।
तुलसीपुर बाणिज्य संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।
निर्वाचत समितिका संयोजक प्रबिण लम्सालका अनुसार उम्मेदवारहरुको नामाबली प्रकासन २४ गते अपरान्ह साढे ५ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन २६ गते बेलुका साढे ५ बजेलाई निर्धारण गरिएको छ ।
तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
बाणिज्य संघमा टिकट वितरणका लागि नेपाली काँग्रेसले दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको संयोजकतत्वमा पाँच सदस्य एक समिति गठन गरेको थियो ।
जस्मा प्रदेश ३ (१) का सभापति देबेन्द्र रिजाल, ३(२) का सभापति खिमबहादुर वली, तुलसीपुर नगरसभापति सुरेश हमाल, प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनकप्रशाद खराल रहेका थिए । त्यस्तै नेपाली काँग्रेस दाङले सहसचिव राजु आचार्यलाई जिल्ला प्रतिनिधिका रुपमा खटाएको छ ।
