२०८२ असार ७ गते आइतवार

कतारका राजा भ्रमणमा आउँदा नेपालमा सार्वजनिक बिदा

दाङ, बैशाख १० । कतारका राजा भ्रमण आउँदा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणका लाउँदै छन् । उनी नेपाल आउन लाग्दा नेपाल सरकारले सार्वजनिक बिदा दिएको हो ।


सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन ।

दुईदिने भ्रमणमा आउन थालेका राजा अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको सम्बन्ध थप राम्रो हुने आशा गरिएको छ ।


पहिलो पटक नेपाल भ्रमणमा आउन थालेका कतारी राजा अमिरको यो भ्रमण पारस्परिक सहयोग एवं सहकार्यका लागि हुन थालेको हो ।
आइतबार बिभिन्न देशको औचारिक भ्रमणमा निस्किएका अमिरले यसअिघ फिलिपिन्स र बंगलादेशको भ्रमण गरि सकेका छन् ।

कतारी राजा अमिरल नेपालमा छँदा पारस्परिक चासो र सहयोग अभिवृद्धिका बारेमा वार्ता हुने अपेक्षा गरिएको छ ।
अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्र्धन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुन जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *