२०८१ बैशाख १९ गते बुधवार

बाँकेको एक उद्योगमा लागेको आगो नियन्त्रणमा आयो


दाङ, बैशाख ६ । बाँकेको हर्बल उद्योगमा लागेको आगो दिउँसो नियनत्रणमा आएको छ ।

बिहान ७ बजेतिर बिद्युत सर्ट भइ लागेको आयो दिउँसो २ बजेतिर पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले बताए ।


जानकी गाउँपालिका – ६ पिप्रहवास्थित राजेश जैनले संचालन गरेको बाहुबली हर्बल प्रालिमा भिषण आगलागी भएको थियो ।
आगु नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका साथै इलाका प्रहरी कार्यालय कोहपुर र प्रहरी चौकी गनापुरबाट ११४ जना प्रहरी खटिएका थिए । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरीसमेत गरि कुल १६४ सुरक्षाकर्मी आगो घटनास्थलमा खटिएका थिए ।


बाँके र बर्दियाका गरि ९ वटा दमकल, नेपाल प्रहरीको वाटर क्यानन्का साथै छिमेकी देश भारतको बहराईचबाट एउटा दमकल आगो निभाउन सहयोगका लागि आएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *