२०८१ बैशाख १९ गते बुधवार

नेपालबाट भारत लैजाँदै गर्दा २३ किलो लागूऔषध चरेससहित एक पक्राउ

बर्दिया,बैशाख ४ । सशस्त्र प्रहरी बलले नेपालबाट भारत लैजाँदै गर्दा २३ किलो चरेस बरामद गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका २ फटाहास्थित नेपाल-भारत सिमानामा मंगलबार बिहान ४ बजेतिर चरेससहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।

सशस्त्र प्रहरी बलले जाँच गर्दा रुकुम पश्चिम सानोभेरी गाउँपालिका ५ का ३४ वर्षीय बमबहादुर पुनलाई पक्राउ गरेको ३१ नम्बर गणका गणपति चित्रांग थापाले बताए ।

उनको २ वटा झोलाबाट ३९ प्याकेटमा चरेस बरामद गरिएको हो । पक्राउ परेका पुनलाई कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले जनाए ।

सोही ठाउँमा गत चैत १९ गते दाङ लमही नगरपालिका ४ की ४५ वर्षीया आशा राईबाट ५ किलो ९ सय २९ ग्राम चरेस बरामद गरेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *