२०८३ भाद्र २७ गते शनिवार

पूर्वाधारका हाकिमलाई पाँच दिन प्रहरी हिरासतमा राखिने


दाङ, बैशाख २ । काँग्रेस सभापतिलाई बोत्तल प्रहार गर्ने पूर्वाधारका हाकिमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।


नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि चैत २९ गते बेलुका एक होटेलमा जिल्लाको भौतिक पूर्वाधार कार्यालय प्रमुख हरिबहादुर वलीले बोत्तल प्रहार गरेको पीडितले किटानी जाहेरी दिएका छन् ।
आइतबार पक्राउ पछि प्रहरी हिसासतमा रहँदै आएका प्रमुख वलीलाई प्रहरीले आइतबा नै अदालत लगेको थियो ।
अदालतले पाँच दिन थुनामा राखेर घटना अनुसन्धानका लागि अनुमति प्रदान गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

चैत २९ गते बेलुकी सल्लीबजारस्थित बालुवा संग्रहको कृष्ण होटलमा ५६ वर्षीय विष्ट र कार्यालय प्रमुख ३६ वर्षीय वलीबीच सामान्ने बिबादका क्रममै वलीले आँफुमाथि आक्रमण गरेको भन्दै बिष्टले किटानी जाहेरी दिएका थिए ।

विष्टको टाउकोमा पाँच वटा टाँका लगाइएको छ । वली विरूद्ध विष्टले कुटपिट तथा अभद्र व्यवहार सम्बन्धी मुद्दा दिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *