२०८३ असार २८ गते आइतवार

रुपान्तरण अभियान सुरु


तुलसीपुर, बैशाख १ । रूपान्तरण अभियान दाङको सुरु तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले गरेका छन् ।


अभियानको सुरु गर्दै मेयर खड्काले रुपान्तरणको सुरुवात घरबाट गर्नुपर्ने र समाज रुपान्तरण गर्दा चेतनाको विकास अनिवार्य भएको बताए । अभियानले समाजमा भएका नकारात्मक कुरालाई कसरी सकारात्मक रुप दिने भन्ने बिषयमा केन्द्रित हुनुपर्ने खड्काको जोड थियो ।

कार्यक्रममा तुलसीपुर– १६ का वडा अध्यक्ष शिवानन्द डाँगी,ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख नवचन्द्र मल्ल लगाएतले अभियानको सफलताको शुभकामना दिएका थिए ।


रुपान्तरण अभियान दाङका संयोजक गिरिराज नेपालीको अध्यक्षतामा भएको हो भने सहजीकरण अभियानका महासचिव कपिल लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *