२०८१ जेष्ठ ५ गते शनिवार

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत


दाङ, चैत ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा महराले विश्वास मतका लागि प्रस्ताव राखेका थिए । नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता महराको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा २८ मत परेको थियो ।


सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा बैठकमा हाल कायम रहेको कूल सदस्य संख्या ८६ जनाको बहुमत ४८ भएकोले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।

महरा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । महरा पाँच राजनीतिक दलका ४७ र एक जना स्वतन्त्र गरि ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिएइ । चैत २५ गते मुख्यमन्त्री महरा संगै एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जना मन्त्रीले बिनाबिभागिय मन्त्रीका रुपमा सपथ लिएका थिए ।

अब प्रदेशसभाको अर्कौ बैठक नयाँ बर्षको वैशाख २ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । अब बस्ने बैठकमा मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा मुख्यमन्त्री रहेको स्रोतले बतायो ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *