२०८१ असार ८ गते शुक्रवार

वल प्रयोगप्रति काँग्रेस संसदीय दल लुम्बिनीको ध्यानाकर्षण


दाङ, चैत २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डौँमा गरेको शान्तिपूणर् जनप्रर्दशनमा राज्यको तर्फबाट भएको बल प्रयोग प्रति नेपाली काग्रेस संसदीय दल लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दलका नेपाल तथा निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।


राप्रपाको शान्तिपूणर् जनप्रदर्शनमा बल प्रयोग हुनु दुखद् भएको भन्दै प्रर्दशनमा सहभागीहरुलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भिर घाईते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।


यस घटनाको घोर निन्दा र भत्सर्ना गर्दै घाईतेहरुको उपचार गर्न र पक्राउ गरिएकाहरुको बिनासर्त तत्काल रिहाईको माग गरिएको छ । जनप्रर्दशनको क्रममा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *