२०८३ भाद्र २७ गते शनिवार

दाङ – सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने


तुलसीपुर,चैत २६ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत २६ गते आज देखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो ।

दिउँसो १२ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म राम्री देखि कपुरकोटसम्म सडक बन्द हुने सडक डिभिजन कार्याय दाङका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिएका छन ।

साना सवारी साधनका लागि पैयाँखोरे, सातबास किमुचौर हुँदै कपुरकोट सडक वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले बताएका छन ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *