२०८१ बैशाख २० गते बिहिवार

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज


काठमाडौँ,चैत २४ । आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्दै छन्।

बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ।

शनिबार साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ।

यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ। अपराह्न ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय गर्नेछ।

चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। प्रतिनिधिसभा इलाम क्षेत्र नं-२ र बझाङ प्रदेश-१ (१) मा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *