२०८१ असार ७ गते बिहिवार

विजय लघुवित्तद्वारा तीन लाख पन्ध्र हजार रुपैयाको विमा रकम उपलब्ध


दाङ, चैत २३ । विजय लघुवित्त वित्तीय संंस्थाले पीडित परिवारलाई ३ लाख पन्ध्र हजार रुपैयाको विमा रकम उपलब्ध गराएको छ ।

आफ्नो समूह सदस्यलाई विमा क्षतिपुर्तिबाफतको रकम पीडित परिवारलाई उपलब्ध गराएको हो ।

लघुवित्त वित्तिय संस्था घोराहीबाट गठित केन्द्रनम्वर–१०३ का सदस्य किरण रोकाले बाख्रापालन गर्ने प्रयोजनार्थ ऋण लिएको र उनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाले उनको इच्छाएका व्यक्ति राधिका रोकालाई विमा रकम उपलब्ध गराएको शाखा प्रबन्धक किरण घिमिरेले जानकारी दिए । 

‘हाम्रो संस्थाबाट १ लाख पन्ध्र हजार ऋण लिनुभएका किरण रोकाको दुर्घटनामा परी मृत्यु भएपछि तिर्न बाँकी रकम मिनाहा गरी उनको परिवारलाई ३ लाख १५ हजार विमा रकम उपलब्ध गराएका छौं’, शाखा प्रबन्धक घिमिरेले भने।

संस्थाले एक कार्यक्रमको आयोजना गरी विमा रकम उपलब्ध गराएको छ । पुलचोक खोलीगाउँ टोलविकास संस्थाका अध्यक्ष मानबहादुर नेपाली, घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष भानसिंह बुढा र केन्द्रीय कार्यालयका प्रतिनिधि कुमबहादुर थापाको रोहवरमा विमा रकमको चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष बुढाले समाजमा भएको लघुवित्तप्रतिको धारणा तथा लघुवित्तले प्रदान गर्ने सेवाहरु र गरीबी न्युनीकरणमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले समाजमा अझै वित्तीय चेतना पु¥याउनुपर्ने धारणा राखे ।

उक्त अवसरमा उपस्थित सदस्य तथा टोलका अन्य सहभागी हरुलाई वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो ।

शाखा प्रबन्धक घिमिरेले संस्थाले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधा, लघुवित्त संस्थाको महत्व तथा आवश्यकता, संस्थाले प्रदान गर्ने लघुकर्जा, लघुवचत, लघुविमालगायत एकल बंैकीङ र कर्जा तथा बचत कारोवारका लागि विजय लघुवित्तको आवश्यकताका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै मृतककी श्रीमती राधिका रोकाले संस्थाले दिएको राहतले आफूलाई ठूलो सहयोग मिलेको बताए ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *