तुलसीपुर, चैत २३ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेताका जोखबहादुर महराले शुक्रबार दाबी पेश गरेका छन ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो।
प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न गठबन्धन दलहरुबाट नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरे गएका थिए ।
महराले गठबन्धन दलका ४४ जना सांसदहरूको हस्ताक्षर बुझाएका हुन ।
नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यले महरालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका हुन । बिहीबार मात्रै डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार