काठमाडौं,चैत २३। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार