२०८१ बैशाख २० गते बिहिवार

लुम्बिनीमा माओबादीका महरालाई मुख्यमन्त्री बनाउन ४ दलसहित एक स्वतन्त्र सहमत


दाङ, चैत २२ । लुम्बिनी प्रदेशमा नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन चार दलसहित एक जना स्वतन्त्र सांसदले लिखित रुपमै प्रतिबद्धता जनाएका छन् ।


रोल्पाबाट प्रतिनिधित्व गर्ने महरालाई उनको पार्टी, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजबादीका साथै स्वतन्त्र सांसद खड्ग बस्नेतले लिखित रुपमा प्रतिबद्धता जाहेर गरेका छन् ।


८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जनता समाजवादीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । यी दलहरुको योगफल ४५ पुग्छ । नागरिक उन्मुक्ति र जनमतका ४ जना सांसदहरु रहेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादीका ३ सांसद छन् । उनीहरुले पनि महरालाई समर्थन गर्ने बताइएपनि लिखित प्रतिबद्धता भने जनाइ सकेका छैनन् । उनीहरु मौन बसेका छन् ।

लुम्बिनीमा काँग्रेसका २७ सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सांसद छन् । राप्रपाले यो सत्तासमिकरणमा सहभागिता नजनाउने निर्णय गरि सकेको छ । १ सांसद रहेको राष्ट्रिय जनमोर्चाले के गर्छ भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *