२०८१ बैशाख २० गते बिहिवार

नेका दाङ–१ को क्षेत्रीय सम्मेलनमा डा.शशांक कोइराला दाङ आउने

दाङ,चैत २२ । नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री तथा विपिपुत्र डा.शशांक कोइराला दाङ आउन लागेका छन । उनी नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न दाङ आउन लागेका हुन ।

नेपाली काङ्ग्रेस दाङ – १ को दोस्रो क्षेत्रीय सम्मेलन यहि चैत्र २४ गते हुँदै छ । सो सम्मेलनलाई सम्बोधन गर्न डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ –१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी र्दिए ।

नेपाली काङ्ग्रेसले वार्षिक कार्ययोजना अनुसार प्रत्येक वर्ष क्षेत्रीय सम्मेलन गर्दै आएको छ ।

वार्षिक कार्ययोजना अनुसारको कार्यक्रमको आयोजना गरिएको छ,सोही कार्यक्रमको प्रमुख अतिथि भएर निवर्तमान महामन्त्री डा. कोइराला दाङको लमहीमा आउँदै हुनुहुन्छ,क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले भने ।

उक्त कार्यक्रममा सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक संघसंस्था, भातृ संघसंगठन लगाएत शुभेच्छुकलाई उपस्थितिको लागि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *