२०८१ बैशाख २० गते बिहिवार

लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलालले दिए राजीनामा

दाङ,चैत २२ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।

लुम्बिनीमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *