२०८१ बैशाख १९ गते बुधवार

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत लिदै


दाङ, चैत २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिदै छन् ।
दिउँसो ४ बजे प्रदेश सभा भवनमा चौधरीले विश्वासको मत लिनका लागि उपस्थित हुने छन् ।


प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले दिउँसो ४ बजे प्रदेशसभाको चौथो अधिबेसन सुरु हुने र त्यसैमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यतालिका रहेको जानकारी दिएका छन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फागुन २३ गते फिर्ता लिएको थियो । काँग्रेस – माओबादी गठबन्धन भत्किएपछि माओबादीले चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
मुख्यमन्त्री चौधरीले आफ्नो पक्षमा विश्वासको मत जुटाउन साना दलहरु संग छलफल जारी राखेका छन् ।

मुख्यमन्त्री बन्नका लागि तयारी अवस्थामा रहेका नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महराले भने आफ्नो पक्षमा बहुमत जुटिसकेको दाबी गर्दै आएका छन् ।


उनले हालसम्म ५१ जनाको समर्थन जुटि सकेको दाबी गरे । महरा यसअघि झन्डै तीन महिनाका लागि अर्थमन्त्री बनेका थिए । २०७९ पुस २७ गते एमालेका गिरी मुख्यमन्त्री बन्दा महरा अर्थमन्त्री थिए ।


माओबादी र एमाले बीचको गठबन्धन भत्किएपछि मुख्यमन्त्री गिरीको सरकार ढलेको थियो । नयाँ राजनीतिक समिकरण अनुसार माओबादी लगाएतको समर्थनमा बैशाख १४ गते काँग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *