२०८१ बैशाख ७ गते शुक्रवार

सरकारी खर्चमा साथीको छोरीको जन्मदिन

 

अनुगमनको बहानामा मन्त्रीहरुले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । ‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएको समेत भेटिएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार लेखेको छ ।

तर सरकारी खर्चबाट साथीको जन्मदिन मनाउने मन्त्री को हुन् भन्नेबारे भने समाचार मौन छ ।

सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् । उनले चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।

यसैगरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७०, उद्योगमन्त्री मातृका यादवले २ लाख ५ हजार ४ सय, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २ लाख १० हजार २५० रुपैयाँ, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २ लाख २४ हजार ८५ रुपैयाँ, कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले ९८ हजार २५० रुपैयाँ र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले ८८ हजार ६५० रुपैयाँ सकेका छन् ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ९० हजार १ सय, श्रममन्त्री गोकर्ण विष्टले ६२ हजार १ सय रुपैयाँ सरकारी कोषबाट रकम खर्चेका छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला भ्रमणमा हवाई खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमण भत्तामा ७ लाख ९१ हजार ६३२ रुपैयाँ खर्च भएको उल्लेख छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *