२०८१ बैशाख १० गते सोमवार

लुम्बिनीमा मुख्यमन्त्रीको तयारी गरि रहेका महरा


तुलसीपुर, चैत २० । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्ता साझेदार दलहरु सहमत भएका छन् ।

दलहरुका बीचमा पहिलो दुई बर्ष माओबादीले सरकारको नेतृत्व गर्ने र त्यसपछिका दुई बर्ष नेकपा एमालेलाई नेतृत्व गर्ने सहझदारी बनेको हो ।


रोल्पाबाट प्रतिनिधित्व गर्ने महरा यसअघि एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री छँदा करिब तीन महिना जति अर्थमन्त्री बनेका थिए ।


२०७९ पुस २७ गते एमालेका गिरी मुख्यमन्त्री बनेका थिए । माओबादी र एमालेको गठबन्धन भत्किएपछि बनेको नयाँ समिकरण अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए ।

दाङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादीले फागुन २३ गते फिर्ता लिएको थियो। अब यही चैत २२ गतेसम्म चौधरीले फेरि विश्वासको मत लिनु पर्ने छ ।
चौधरीले विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुने छ ।


माओबादीका महराले सोही अनुरुप आँफुले तयारी थालेको जानकारी दिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *