दाङ, चैत १९ । बाँकेमा धारिलो हतियार प्रहारले गम्भीर अवस्थामा एक दम्पत्ति फेला परेका छन् । उनीहरुको घाँटीमा काटिएको गम्भीर घाउ खत रहेको छ ।
जिल्लाको खजुरा गाउँपालिका – ३ का २९ बर्षीय महेन्द्र रावत र उनकी २७ बर्षीया श्रीमति घाँटीमा धारिलो हतियारले काटेको गम्भीर अवस्थामा फेला परेका जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
प्रहरीलाई स्थानीयले दिउँसो साढे १ बजेतिर श्रीमान–श्रीमतिले घर भित्रै आपसमा झगडा गरि रहेको भन्ने सूचना दिएको थियो ।
घरमा कोही नभएको समयमा घर भित्र उनीहरु घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा फेला परेका हुन ।
चुक्कुल लगाएको कोठा फोटेर प्रहरीले घाइते श्रीमान –श्रीमतीलाई उद्धार गरि नेपालगंज नरसिंह होममा उपचारका लागि पु¥याएको छ ।
दुबैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।