दाङ, चैत १९ । बाँकेमा हत्या गरेको अवस्थामा एक युवकको शब फेला परेको छ ।
आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का २२ बर्षीय अरबी खानको घाँटी रेटेर हत्या गरेको अवस्थामा शब फेला परेको बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
घरभन्दा झन्डै एक डेढ किलोमिटर टाढा खेतको बीचमा दश बजेतिर घाँटी रटेर हत्या गरेको अवस्थामा खानको शब फेला परेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी प्रबक्ता डाँगीले बताए ।
प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार