२०८१ असार ८ गते शुक्रवार

नेपाली कांग्रेस प्रदेश २ ख सम्मेलन भोलि हुने

दाङ, १७ चैत । नेपाली कांग्रेस दाङ प्रदेश निर्वाचन क्षेत्र नंवर २ ख को प्रदेश सम्मेलन आइतवार हुने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठोरले प्रदेश सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गर्ने नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ ख का सभापति अभियान बस्नेतले जानकारी दिएका छन् ।

सम्मेलनमा विशिष्ठ अतिथिका रुपमा केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे, केन्द्रिय सदस्य गेहेन्द्र गिरी तथा नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनलाइ आमन्त्रण गरीएको छ ।

प्रदेश सम्मेलनमा प्रदेश समितिले हाल सम्म गरेका क्रियाकलापका विषयमा बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरीने छ भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । साथै प्रदेश समितिले आगामि बर्ष गरीने भावि रणनितिक कार्यक्रमका विषयमा समेत प्रस्तुत गर्ने छ ।

प्रदेश सम्मेलन दाङ भ्याली फनपार्क अमराइमा विहान ११ बजे सुरु हुने छ । सो सम्मेलनमा सहभागिताकालागी संपुर्ण प्रदेश सदस्यज्युहरु, क्षेत्रीय प्रतिनिधिज्युहरु, क्रियाशिल सदस्यज्युहरु, नेपाल विद्यार्थि संगठन, महिला संघ तरुण दल लगायत सवै भ्रात्रिसंस्था एवं सुभेच्छुक संस्थाका प्रतिनिधि एवं आम कांग्रेस जनहरुलाइ प्रदेश समितिले आग्रह गरेको छ ।

सो अवसरमा नेपाली कांग्रेसलाइ यहांसम्म ल्याउने र अहोरात्र क्रियाशिल रहने अग्रज एवं सक्रिय व्यक्तित्वहरुलाइ सम्मान गरीने छ । साथै केहि कांग्रेसजनहरुलाइ मृत्यु पर्यन्त पनि सम्मान गरीने कार्यक्रम रहेको नेपाली कांग्रेस प्रदेश २ ख का अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *