२०८१ बैशाख १० गते सोमवार

स्व.खुमबहादुरको सालिकसंग तस्बिर खिच्नेहरु…

अमेलिया, चैत १६ । देवहसान पछिपनि नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काप्रति दाङका आम सर्वसाधारण, नेता र कार्यकर्ताको उत्तिकै सदभाव तथा सम्मान प्रकट गर्दै आइरहेका छन् ।


लमही नगरपालिका – ९ स्थित अमेलिया बजारको चोकमा पार्टीका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री स्व.खुमबहादुरको सालिक अनावरण पछि त्यो सालिक संग तस्बिर खिच्न आमसर्वसाधारणदेखि नेता, कार्यकर्ताको भिड नै लागेको थियो ।


पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मध्यान्ह १२ बजेपछि सालिक अनावरण गरेको दृष्य कैद गर्न सयौं नेता कार्यकर्ता पुगेका थिए । त्यसपछि पनि स्व। खुमबहादुरको सालिक संग तस्बिर खिच्न भिड नै लागेको थियो ।


पार्टी सभापति देउवाकै शब्दमा स्व। खुमबहादुरलाई षडेन्त्र पूर्वक झुटा मुद्दामा फसाइएपनि त्यसपछि झनै पार्टी र कार्यकर्ता माझ प्रिय र शक्तिसाली बनेको बताएका थिए । अदालतले भ्रष्टचार मुद्दामा स्व। खुमबहादुरलाई भ्रष्टचार ठहर गरेपछि झन्डै डेढ बर्ष काराबास जीवन बिताएर उनी थुनामुक्त भएका थिए ।


तर,कार्यकर्ता आजपनि उनी प्रति उस्तै अश्रद्धा र विश्वास ब्यक्त गर्दै आएका छन् । उनलाई राजनीतिक इगोको कारण फसाइएको सर्वसाधारणदेखि कार्यकर्ता जिरह गर्छन ।

पार्टी सभापति देउवाले स्व। खुमबहादुरको सालिक अनावरण पछि केन्द्रीय सदस्य दीपक गिरी, खड्काका एक्ला छोरा तथा प्रदेससभा सदस्य अनुराग खड्का, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगाएत सर्वसाधारणले सालिकमा मार्यापन गर्दै ढोगेका थिए ।


त्यसपछि पनि सर्वसाधारण शुभचिन्तक मात्रै हैन, नेता र कार्यकर्ताहरु स्व। खुमबहादुरको सालिक संग सेल्फी तथा फोटो खिच्न तछाँड मछाँड गरि रहेका थिए ।

पूर्व महामन्त्रीसमेत रहेका स्व। खुमबहादुरको २०७४ साल चैत १६ गते भारतको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। २०७६ चैत १९ गते पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्व। खुमबहादुरको शालिक निर्माण स्थलको शिलन्यास गरेका थिए ।

पूर्ण कदको शालिक निर्माण गरि त्यसको दुई बर्षको बीचमा अमेलियामा ठड्याइएको भएपनि त्यो घुम्टो भित्र छोपिदै आएको थियो । निर्माण पुरा गरि दुई बर्षसम्म घुम्टो भित्र लुक्दै आएको खुमबहादुरको शालिकको घुम्टो बल्ल खोलिएको हो । यो बीचमा शालिकलाई ओढाएको कपडा जिर्ण भएपछि, च्यातिए पछि झन्डै तीन पटक परिवर्तन गरिएको नेताहरु बताउँछन् ।


शालिक निर्माण समितिका संयोजक तथा दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेका अनुसार झन्डै आठ लाख खर्चिएर काठमाडौंमा शालिक निर्माण गरिएको हो । त्यसबाहेक शालिक स्थापना गरिएको स्थलमा मार्बल, स्टिल रेलिङ लगाएत अन्य साजसज्जाको काम गर्नु पर्दा २० लाख ४५ हजार जति खर्च भएको बताए ।

जिल्लाका नेता कार्यकर्ताले स्वं खुमबहादुरको शालिक निर्माणका लागि २४ लाख बढी चन्दा संकलन गरेको निर्माण समितिका संयोजक पाण्डेले बताए । उनले प्रतिबद्धता अनुसार रकम संकलन नभएको तथा ७१ जनाले मात्रै शालिक निर्माणका लागि रकम प्रदान गरेको बताएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *