२०८३ कार्तिक २३ गते आइतवार

स्व. खुमबहादुर बारे कस्ले के भने ?


अमेलिया, चैत १६ । नेपाली काँग्रेसकी उपमहासचिव डिना उपाध्याय संगौराले स्व. खुमबहादुर खड्का एक अशल संगठन भएको बताइन । शुक्रबार अमेलियामा निर्मित स्व. खुमबहादुर खड्काको शालिक अनावरण कार्यक्रम पछि सम्बोधन गर्दै उपमहासचिव संगौराले दाङको भन्दापनि आँफु काठमाडौंमा छँदा स्व. नेता खुमबहादुरलाई राप्तीको नेता भनेर चिनेको र उनकै कारण दाङमा काँग्रेसको संगठन निर्माण भएको उनले चर्चा गरेकी थिइन ।


अर्का उपमहासचिव किशोरसिंह राठोरले स्व. नेता खुमहादुर हुँदासम्म राप्ती लगाएत भेरीको राजनीति पनि तरंगित हुने गरेको उल्लेख गरे । दाङबाट प्रतिनिधित्व गर्ने काँगेस केन्द्रीय सदस्य दीपक गिरीले स्व. खुमबहादुरलाई लोकतन्त्रको सुपर हिरोको संज्ञा दिए । दाङको अमेलिया र फूलबारी त्यस्तै नेताहरुको संरक्षण गर्ने लोकतान्त्रिक गाउँका रुपमा उनले अथ्र्याए ।


अर्का केन्द्रीय सदस्य गोबिन्दबहादुर शाहले स्व. खुमबहादुर जेल परेपछि पनि जनताले देखाएको अपार विश्वास र प्रेमले उनी गलत थिएनन् भन्ने पुष्टि भएको बताए । केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्व. खुमबहादुरलाई पार्टी भित्र मिस यूज गरिएको उल्लेख गरे । ‘उहाँको सम्पत्ति त्यतिखेरै १९ बिगाहा हाराहारी थियो र उहाँलाई एक करोड भन्दा कम रुपैंयामा राजनीतिक पूर्वाहका कारण भ्रष्टचारी करार गर्ने अन्याय भएकै हो,’ उनले भने ‘ त्यो एउटा असल नेतालाई छबि सिध्याउने षडेन्त्र थियो ।’


२०३३ सालमा विपी संग संगै मेलमिलापको नीति लिएर आएको,२०३८ सालमा पार्टीको जिल्ला सभापति भएको र काँग्रेस भित्र सबै भन्दा कान्छो उमेरको कन्द्रीय सदस्यलाई इगो राखेर भ्रष्टचार मुद्दामा फसाउने षडेन्त्र भएको उनले बताएका थिए ।


काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आँफुले चिनेदेखि स्व. खुमबहादुरसंग अन्तिम अबस्थासम्म साथमा रहेको भन्दै उनी एक निडर, निर्भिक र क्रान्तिबीर नेता भएको बताए । ‘उहाँ अतेन्तै बिकास प्रेमी र एक कुशल संगठक हुनुहुन्थ्यो,’ गिरीले भनेका थिए ‘ त्यत्तिको नेता फेरि दाङले पाउन एक सय बर्ष लाग्न सक्छ ।’


काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनाल लगाएतले स्व. खुमबहादुरलाई एक निर्भिक, निडर, बिकास प्रेमी, कुशल संगठक र क्रान्तिकारी छबीका स्व. खुमबहादुर खड्का कारण आँफुहरु आज गर्वका साथ काँग्रेस हुँ भन्न सक्ने अवस्था रहेको बताएका थिए ।


खुमबहादुरका एक्ला छोरा तथा प्रदेश सभा सदस्य अनुराग खड्काले आफ्नो बुवा बीर, निर्भिक र एक इमान्दार नेता भएको बताएका थिए । आफ्नो बुवामाथि अकेन आरोप अबरोध र आरोह अबरोह आइलाग्दापनि एक दशक सम्म राजनीतिक लडाइ लडेको उनले बताए ।


‘तर, मेरो बुवा बीर हुनुहुन्थ्यो, उहाँलाई सत्ताको लालच थिएन र कुनै कुराको लोभ थिएन,’ अनुरागले भने ‘ मेरो बुवा एक यौद्धा हुनुहुन्थ्यो र चार तारे झण्डलाई कसैले अपमान गर्दा र कार्यकर्तालाई कसैले नराम्रो गर्दा आँफै बन्दुक लिएर भिड्न तयार हुनुहुन्थ्यो।’

निवर्तमान राष्ट्रियसभा सदस्य अनिता देवकोटाले स्व. खड्काको बिकास निर्माण र संगठनमा अतुलनिय योगदान रहेको चर्चा गरिन । ‘आज बाटो, पुल, अस्पताल र बिद्यालयले खुमबहादुर खोजी रहन्छन्,’ उनले भनेकी थिइन ‘ यतिखेर दाङले अर्कौ खुमबहादुर खोजी रहेको छ ।’


निवर्तमान जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काले स्व. खुमबहादुरलाई पञ्चायतले टाउकोको मूल्य एक लाख तोकेपनि उनी कहिलै बिचलित नभइ लोकतन्त्रका लागि सदा ज्यान दिन तयार रहेको एक इमान्दार यौद्धाका रुपमा स्मरण गरे ।

पूर्व पार्टी सभापति बिर्केश्वरी गौतम, मोहनलाल वली, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्का र क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, जिल्ला उपसभापति गिरिराज सुबेदीले काँग्रेसको उर्वर भूमी दाङ खुमबहादुरको अवसान पछि मरुभूमी तुल्य भएको हुँदा फेरि त्यस्तै क्रान्किाबीर नेताको खाँचो परेको चर्चा गरेका थिए ।


कार्यक्रममा जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीको अध्यक्षतामा भएको हो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।
पूर्व महामन्त्रीसमेत रहेका स्व. खुमबहादुरको २०७४ साल चैत १६ गते भारतको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। २०७६ चैत १९ गते पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्व. खुमबहादुरको शालिक निर्माण स्थलको शिलन्यास गरेका थिए ।

पूर्ण कदको शालिक निर्माण गरि त्यसको दुई बर्षको बीचमा अमेलियामा ठड्याइएको भएपनि त्यो घुम्टो भित्र छोपिदै आएको थियो । निर्माण पुरा गरि दुई बर्षसम्म घुम्टो भित्र लुक्दै आएको खुमबहादुरको शालिकको घुम्टो बल्ल खोलिएको हो । यो बीचमा शालिकलाई ओढाएको कपडा जिर्ण भएपछि, च्यातिए पछि झन्डै तीन पटक परिवर्तन गरिएको सरोकारवालाहरु बताउँछन् ।


शालिक निर्माण समितिका संयोजक तथा दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेका अनुसार झन्डै आठ लाख खर्चिएर काठमाडौंमा शालिक निर्माण गरिएको हो । त्यसबाहेक शालिक स्थापना गरिएको स्थलमा मार्बल, स्टिल रेलिङ लगाएत अन्य साजसज्जाको काम गर्नु पर्दा २० लाख ४५ हजार जति खर्च भएको सेतोपाटीलाई बताए ।

जिल्लाका नेता कार्यकर्ताले स्वं खुमबहादुरको शालिक निर्माणका लागि २४ लाख बढी चन्दा संकलन गरेको निर्माण समितिका संयोजक पाण्डेले बताए । उनले प्रतिबद्धता अनुसार रकम संकलन नभएको तथा ७१ जनाले मात्रै शालिक निर्माणका लागि रकम प्रदान गरेको बताएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *