२०८३ भाद्र १० गते बुधवार

ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु


दाङ, जेठ १६ ।
तुलसीपुरमा बुधवार बेलुका भएको सवारी दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । दुर्घटनामा परी तुसलीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी २२ बर्षीय भक्तबहादुर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगत्तै चिकित्सले मृत घोषणा गरेका थिए ।

उक्त दुर्घटनामा परी तुलसीपुर ११ सुकौरा निवासी २७ बर्षीय देवु दहित गम्भीर घाइते भएका छन् । दहितलाई थप उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीर उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । दहितको एउटा खुट्टा फ्याक्चर भएको भन्ने जानकारी चिकित्सकले दिएको प्रहरीले बताएको छ ।

तुलसीपुर बजारबाट दक्षिण एयरपोर्टतर्फ जाँदै गरेको रा २ प २९१७ नम्वरको मोटरसाईकललाई विपरीत दिशातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले बेलुका सवा ८ बजेतिर तुलसीपुर ६ रजौरामा ठक्कर दिएको थियो । ठक्कर दिने ट्रयाक्टर फरार रहेको र त्यसको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले शंकास्पद एउटा ट्याक्टर र पानी बोक्ने ट्याङ्करलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *