२०८१ असार ७ गते बिहिवार

दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु


दाङ, चैत १४। दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानि खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।

बबई गाउँपालिका ७ मलई बस्ने रोबरबहादुर घर्तीकी कान्छी छोरी १८ वर्षिया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो । करिष्मासंगै सोही ठाउँ निवासी सुष्मा पुन पनि गएकी थिइन् । करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् ।

शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । तुलसीपुरमा अध्ययन गर्ने घर्ती बिदाको समय घर गएकि थिइन ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *