विमल गौतम,तुलसीपुर,चैत १४ । राप्ती विस्वासि वचत तथा रिण सहकारी संस्था लिमिटेड तुलसीपुरले २७ औँ स्थापना दिवस मनाएको छ ।
सहकारीका अध्यक्ष इन्द्र वहादुर वुढाथोकिको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो ।
उपाध्यक्ष विक्रम वहादुर सोमेैको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
जस अनुसार जेष्ठ सदस्य तर्फ द्रोण प्रसाद अधिकारि र विद्यादेवि महर्जन , असल वचत कर्ता तर्फ चम्पा भुषाल , दामोदर जैसि, कर्ण वहादुर वलि रामलाल आचार्य र चित्रा कुमारि वोहरा , त्यसैगरि असल रिणि तर्फ लक्ष्मि वुढाथोकि , सीता विष्ट, सर्वजित चौधरि , कल्पना मगर , सीता खत्रि डागि लाई सम्मान गरिएको थियो ।
त्यसैगरि विभिन्न संघ संस्थामा प्रतिनिधित्व गर्नका लागि निर्वाचित भएका सहकारिका दर्जन वढि शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा सल्लाहकार मान वहादुर डागि , सुरेस हमाल , निवर्तमान अध्यक्ष हेमन्त योगि , पुर्व अध्यक्ष सुरेन्द्र वहादुर खडका , पुर्व मेयर ढु्ण्डिराज लामिछाने , पुर्व कोषाध्यक्ष अशोक कुमार श्रेष्ठ , पुरस्कार स्थापना कर्ता राम प्रसाद जैसि ,संस्थापक शेयर सदस्य महेश प्रसाद आचार्य ,पुर्व सदस्य दिपा केसि , सुचना तथा प्रकाशन उपसमितिका सदस्य विमल गौतम,शेयर सदस्य फर्साराम भुषाल लगाएतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन संस्थाका सचिव प्रह्लाद शाहले गरेका थिए ।
२०५४ साल चैत १४ गते ४१ जना शेयर सदस्य वाट शुरु भएको सहकारिमा २७ औँ स्थापना दिवस मनाईरहदा हाल ३३१८ जना शेयर सदस्य रहेका छन भने झण्डेै २९ करोड वरावरको आर्थिक कारोवार गरिरहेको सहकारीका प्रवन्धक ठाकुर प्रसाद वलिले जानकारि दिए ।