२०८१ बैशाख १५ गते शनिवार

स्व. खुमबहादुर खड्काको शालिक अनावरण गर्न देउवा दाङ आउँदै

तुलसीपुर,चैत १४ । नेपाली कांग्रेसका पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आउँदै छन ।

उनी यहि चैत १६ गते लमही नगरपालिका वडा नं. ९ अमिलियामा रहेको कांग्रेस नेता स्व.खुम बहादुर खड्काको शालिक अनावरण गर्न दाङ आउन लागेको नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले जानकारी दिए ।

नेपाली कांग्रेस दाङको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । शालिक अनावरण कार्यक्रममा सम्पुर्ण कांग्रेस नेता,कार्यकर्ता एवं शुभइच्छुकहरुलाई उपस्थितीका लागि कांग्रेस दाङले आग्रह गरेको छ ।

स्व.खड्काको कांग्रेसका नेता तथा कार्यकर्ताहरूको आर्थिक सहयोगमा दुई वर्ष पहिले अमिलियामा शालिक स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *