२०८३ असार २७ गते शनिवार

इट्टा भट्टामा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु


तुलसीपुर, चैत १२ । तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।


बाँकेको नेपालगंज उपमहानगरपालिका –६ फुलटेक्राका अब्दुल जब्बर भाँडकी दुई बर्ष ६ महिनाकी छोरी सबिना बालुनको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको छ ।


तुलसीपुर उपमहानगरपालिपका – १२ ग्वारखोलास्थित पशुपति इट्टा भट्टा परिशर भित्र बालिकालाई ठक्कर दिएको थियो ।


आइतबार दिउँसो रा १ त १५५९ नम्बरको ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पु¥याए लगतै दिउँसो साढे २ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।


शब पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । चालकसहित ट्रयाक्टर प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *