२०८३ भाद्र ११ गते बिहिवार

पत्रकार महासंघ दाङको अधिबेशन आगामी बैशाख ३ र ४ गते


दाङ,चैत ११ । नेपाल पत्रकार महासंघ दाङ शाखाको २२ औं साधारणसभा, १२ औं अधिवेशन तथा लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव हुने मिति तोकिएको छ ।

अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा आइतबार घोराहीमा बसेको बैठकले २०८१ बैशाख ३ र ४ गते घोराहीमा साधारणसभा, अधिवेशन तथा मिडिया महोत्सव गर्ने निर्णय गरेको हो ।

जसका लागि बिभिन्न समितिहरू गठन गरिएको छ । अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा कार्यसमिति, पूर्व पदाधिकारी र जिल्लाका सञ्चार संघ संगठनका प्रमुख सदस्य रहेको मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

यसैगरी मुल व्यवस्थापन समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्षहरू, वर्तमान सल्लाहकारहरु एवं पूर्व केन्द्रीय सदस्यहरुलाई राखिएको छ ।

त्यस्तै सचिव आरके शीतलको संयोजकत्वमा सहसचिवहरु दशरथ घिमिरे, दिप्तीशिखा चौधरी, सदस्य उदय बिसी र कुलदीप न्यौपाने सदस्य रहेको प्रचारप्रसार समिति गठन गरिएको छ ।

उपाध्यक्ष बसुन्धारा गौतमको संयोजकत्वमा सहसचिव दिप्तीशिखा चौधरी, सदस्यहरु अन्जना चौधरी, यमकला भुसाल र उमा भण्डारी सदस्य रहेको अतिथि सत्कार समिति गठन भएको छ ।

सदस्य जीवन नेपालीको संयोजकत्वमा दीपक बोहोरा, विवेक खड्का, गिरिराज नेपाली र दुखहरण यादव सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।

यसैगरी साधारणसभा तथा अधिवेशनमा पुरस्कृत हुने प्रतिभा छनौटका लागि अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा उपाध्यक्षहरु बसुन्धारा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समित गठन गरिएको सचिव आर.के.शीतले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *