२०८३ भाद्र २७ गते शनिवार

सवारी दुर्घटनामा २ युवकको मृत्यु


तुलसीपुर , चैत ११ । दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।


बसको ठक्करबाट मोटरसाइकलमा सवार राजपुर गाउँपालिका – ५ का २४ वर्षीय प्रमोद यादवको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार दुर्घटनाका गम्भीर घाइते २३ बर्षीय प्रदीप यादवको पनि उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।


गम्भीर घाइते प्रदीपको साढे ९ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।


राजपुर गाउँपालिका – ५ जंग्रहवा र नौसहरा बीचमा रहेको कोरियाखोला पुल नजिक रा १ ख २३६० नम्बरको बसले रा ७ प २०७ नम्बरको मोटरसाइकललाई बेलेका पौने ८ बेतिर ठक्कर दिएको थियो ।


ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *