२०८१ असार ७ गते बिहिवार

करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

दाङ, चैत १० । दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका – ३ का ५५ बर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र ३ बर्षीय नाति कृष्ण केसीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।


इलका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भएको थियो ।


घाइते गोरखबहादुरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

शनिबार दिउँसो २ बजेतिर घर अगाडिको विद्युतको हाइटेन्सन लाइन एकाएक चुडिएर आँगनमा खस्दा हजुर आमा, नाति र हजुर वुवाको शरिरमा परेपछि उनीहरुलाई करेन्ट लागेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *